शीर्षकहरू

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, ३ र ४ गते मन्त्रीको जवाफ

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, ३ र ४ गते मन्त्रीको जवाफ

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट तथा कार्यक्रममाथि आगामी असार १ र २ गते मन्त्रालयगत छलफल हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते जवाफ दिने कार्यतालिका तय गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका तथा समाज कल्याणसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

त्यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ तथा रक्षा मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने छ।

छलफलका क्रममा उठेका जिज्ञासा, सुझाव र प्रश्नको जवाफ असार ३ र ४ गते सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको सामान्य छलफल प्रतिनिधिसभामा सम्पन्न भइसकेको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि दिइसकेका छन्।

अब मन्त्रालयगत विनियोजनमाथिको विस्तृत छलफलसँगै बजेटको विषयगत परीक्षण र खर्च प्राथमिकतामाथि संसद्मा बहस केन्द्रित हुने भएको छ।

प्रतिक्रिया