काठमाडौं । सिंहदरबार भित्र रहेको क्यान्टिनमा विभिन्न कैफियत रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले कारबाही गरेको छ । अनुगमनका क्रममा सिंहदरबार भित्र रहेको जी एण्ड वी क्याफेमा सरसफाइदेखि बिग्रेको अण्डा प्रयोग भइरहेको भेटिएको हो ।
सरसफाइ सामान्य रहेको, फ्राई गरेको तेलको टीपीएम परीक्षण गर्दा मापदण्ड अनुसार नरहेको, किरा लागेको चना, दाल र ओसिएको बदाम पनि भेटिएको विभागले जनाएको छ । विभागका अनुसार घुन (कीरा) लागेको देखिएको सत्र (१७) केजी चना दाल, ओसिएको एघार (११) के.जी. बदाम र चौध (१४) वटा केही भाग फुटेका अण्डा पाइएको हो ।
उक्त कैफियत देखिएपछि विभागले २ लाख १ हजार रुपैयाँ जरिवाना गराएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया