शीर्षकहरू

नेपाल एसबिआई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, असार १ गतेदेखि लागू

नेपाल एसबिआई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, असार १ गतेदेखि लागू

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आगामी असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि विभिन्न निक्षेप योजनामा संशोधित ब्याजदर निर्धारण गरेको जनाएको छ।

बैंकका अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अवधि अनुसार न्यूनतम २.८२९ प्रतिशतदेखि अधिकतम ४.१० प्रतिशतसम्म ब्याजदर प्रदान गरिनेछ। संस्थागत मुद्दती निक्षेपमा भने २.७५ प्रतिशत ब्याजदर कायम गरिएको छ। त्यस्तै, विभिन्न बचत खाताहरूमा २.७६ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याज उपलब्ध हुने बैंकले जनाएको छ।

कर्जा क्षेत्रमा पनि बैंकले निश्चित तथा परिवर्तनशील दुवै प्रकारका ब्याजदर सार्वजनिक गरेको छ। शिक्षा कर्जाअन्तर्गत ५ वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.४९ प्रतिशत र १० वर्षभन्दा माथिका लागि १०.९९ प्रतिशत निश्चित ब्याजदर तोकिएको छ।

त्यसैगरी, घर कर्जामा ५ वर्षसम्मका लागि ८.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत तथा १० वर्षभन्दा माथिको अवधिका लागि १०.४९ प्रतिशत निश्चित ब्याजदर कायम गरिएको बैंकले जनाएको छ।
अटो तथा हायर पर्चेज कर्जाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि ५ वर्षसम्मको अवधिमा ८.९९ प्रतिशत र ५ देखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत निश्चित ब्याजदर लागू हुने छ।

बैंकका अनुसार वैशाख २०८३ महिनाको आधार दर (बेस रेट) ५.२५ प्रतिशत रहेको छ भने पछिल्ला तीन महिनाको औसत आधार दर ५.३९ प्रतिशत कायम भएको छ। बैंकले नयाँ ब्याजदर असार १ गतेदेखि लागू हुने जनाएको छ।

null

 

प्रतिक्रिया