काठमाडौं । एथर इनर्जी नेपालले एकै दिन २०८ वटा एथर स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय दुईपांग्रे बजारमा नयाँ कीर्तिमान कायम गरेको छ।
कम्पनीले आयोजना गरेको विशेष मेगा डेलिभरी कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट आएका ग्राहकहरूलाई एथरका स्कुटर हस्तान्तरण गरिएको हो। कम्पनीका अनुसार यो उपलब्धिले नेपाली उपभोक्तामाझ एथर ब्रान्डप्रति बढ्दो विश्वास तथा विद्युतीय सवारीसाधनप्रतिको आकर्षणलाई थप स्पष्ट बनाएको छ।
कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रालिका प्रतिनिधिहरूले एथर प्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताएका थिए।
आर्थिकन्यूज
प्रतिक्रिया