शीर्षकहरू

स्काइवेल ईभीमा भारी मूल्य कटौती,१६ लाख रुपैयाँसम्म सस्तो

स्काइवेल ईभीमा भारी मूल्य कटौती,१६ लाख रुपैयाँसम्म सस्तो

काठमाडौं । जी मोटर्स प्रालिले स्काइवेल ब्रान्डका विद्युतीय एसयूभीमा विशेष मूल्य कटौती योजना सार्वजनिक गरेको छ। कम्पनीले सीमित स्टकका लागि लागू हुने गरी विभिन्न मोडलमा लाखौं रुपैयाँसम्म मूल्य घटाएको जनाएको छ।

कम्पनीका अनुसार स्काइवेल बीई ११–४१० किलोमिटर रेञ्ज भएको मोडलको मूल्य ७९ लाख ९० हजार रुपैयाँबाट घटाएर ६५ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। यसमा १४ लाख रुपैयाँको मूल्य कटौती गरिएको हो।

त्यसैगरी, बीई ११–५२० किलोमिटर रेञ्ज भएको मोडलको मूल्य ८९ लाख ९० हजार रुपैयाँबाट घटाएर ७४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ। यो मोडलमा १५ लाख रुपैयाँको छुट प्रदान गरिएको कम्पनीले जनाएको छ।

यस्तै, स्काइवेल बीई ११–६२० किलोमिटर रेञ्ज भएको प्रिमियम मोडलको मूल्य १ करोड १५ लाख रुपैयाँबाट घटाएर ९९ लाख रुपैयाँ कायम गरिएको छ। यसमा ग्राहकले १६ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन्।

जी मोटर्सले ‘योर बेस्ट भ्यालु एसयूभी जस्ट गेट बेटर’ नारासहित सार्वजनिक गरेको योजनाअन्तर्गत मूल्य कटौती सीमित स्टकमा मात्र लागू हुने जनाएको छ।

नेपालका लागि स्काइवेलको आधिकारिक आयातकर्ता तथा वितरक जी मोटर्सका अनुसार नक्साल, भक्तपुर, विराटनगर, बिर्तामोड, इटहरी र पोखरास्थित शोरुममार्फत ग्राहकले उक्त अफरको लाभ लिन सक्नेछन्।

कम्पनीले आकर्षक मूल्य, उच्च रेञ्ज र आधुनिक सुविधासहित स्काइवेल ईभीलाई नेपाली बजारमा थप प्रतिस्पर्धी बनाउने उद्देश्यले नयाँ मूल्य लागू गरिएको जनाएको छ।

प्रतिक्रिया