काठमाडौं । नेपालका लागि iCAURको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले iCAUR V23 मा स्टक अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले रु. ५०.९९ लाखको पूर्व-बजेट मूल्यमा iCAUR V23 खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य रु. ५३.९९ लाख कायम गरिएको छ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा iCAUR V23 को आधिकारिक बिक्री मूल्य ५३.९९ लाख निर्धारण गरिएको छ। तथापि, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै SPG Automobiles ले सीमित संख्यामा उपलब्ध स्टकका लागि iCAUR V23 लाई पुरानै मूल्य ५०.९९ लाखमा उपलब्ध गराउने निर्णय गरेको हो।
यस विशेष अफरमार्फत ग्राहकहरूले ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य ५३.९९ लाख अनुसार हुनेछन्।
iCAUR V23 नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको छ। रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ kWh ब्याट्री क्षमता, ४०१ किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज, तथा २१० मिमी ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली EV पारखीहरूको रोजाइको गाडी बनाएको छ।
यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका आफ्नो नजिकको iCAUR शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ। यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुनेछ।
SPG Automobiles Pvt. Ltd. बारे
SPG Automobiles Pvt. Ltd. नेपालका लागि OMODA, JAECOO र iCAUR ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक हो। शारदा समूहकोगौरवशाली विरासतसँग आबद्ध SPG Automobiles ले नेपाली बजारमा नवीन, दिगो तथा विश्वस्तरीय गतिशीलता समाधानहरू भित्र्याउँदै उत्कृष्ट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया