शीर्षकहरू

पेट्रोलको चिन्ता हटाउने अफरसहित टिभिएस जुपिटर, ९ महिनासम्म निःशुल्क पेट्रोल

पेट्रोलको चिन्ता हटाउने अफरसहित टिभिएस जुपिटर, ९ महिनासम्म निःशुल्क पेट्रोल

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस जुपिटर स्कुटरमा विशेष योजना सार्वजनिक गरेको छ। “पेट्रोलको टेन्सन ? अब टिभिएस जुपिटर सोलुसन” भन्ने मुख्य सन्देशसहित ल्याइएको अभियानअन्तर्गत ग्राहकले टिभिएस जुपिटर खरिद गर्दा ९ महिनासम्म निःशुल्क पेट्रोल प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार टिभिएस जुपिटरले परीक्षणअनुसार प्रतिलिटर ६० किलोमिटरसम्म माइलेज दिने भएकाले दैनिक यात्रालाई किफायती र सहज बनाउनेछ। उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव तथा आधुनिक डिजाइनका कारण जुपिटर दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।

अभियानअन्तर्गत ग्राहकले मासिक दुई हजार आठ सय ९९ रुपैयाँदेखि सुरु हुने किस्ता सुविधामा पनि स्कुटर खरिद गर्न सक्नेछन्। यसले स्कुटरको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउने कम्पनीले जनाएको छ।

अभियानबारे जानकारी दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नेपाली ग्राहकको आवश्यकता र खर्चलाई ध्यानमा राखेर व्यावहारिक तथा भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको बताए। उनले पछिल्लो समय बढ्दो पेट्रोल खर्च धेरै ग्राहकका लागि चुनौती बनेको उल्लेख गर्दै टिभिएस जुपिटरको उत्कृष्ट माइलेज, आरामदायी यात्रा अनुभव र सहज वित्तीय सुविधाले ग्राहकलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

बीएस–सिक्स प्रविधियुक्त टिभिएस जुपिटर आधुनिक परिवार, कार्यालय जाने कर्मचारी तथा दैनिक यात्रुहरूका लागि उपयुक्त स्कुटर रहेको कम्पनीको भनाइ छ। यसको किफायती सञ्चालन खर्च, आकर्षक डिजाइन, विशेष अफर तथा लाइफटाइम वारेन्टीले यसलाई दैनिक यात्राको भरपर्दो साथी बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया