काठमाण्डौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले साढे ५६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छ । चालु आवको साउनदेखि वैशाख मसान्तसम्म २० वटा वाणिज्य बैंकले ५६ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । नबिलले ७ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले ५ अर्ब १९ करोड रुपैयाँ कमाएको छ । ग्लोबललाई पछ्याउँदै कुमारी बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ८० करोड, एभरेष्ट बैंकले ३ अर्ब ७० करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ४० करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २१ करोड र एनएमबी बैंकले ३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
२० वाणिज्य बैंकमध्ये १८ वटाले अर्ब बढी रुपैयाँ नाफा आर्जन गर्दा हिमालयन बैंक र एनआईसी एशिया बैंकले भने करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । हिमालयनले ८० करोड र एनआईसी एशियाले ३३ करोड नाफा आर्जन गरेका हुन् ।
२० मध्ये ८ वटा बैंकले ३ अर्ब बढी नाफा कमाएका छन् भने १३ बैंकले २ अर्ब बढी नाफा आर्जन गरेका छन् । २ बैंकले ५ अर्ब बढी नाफा आर्जन गरेका हुन् ।

आर्थिकन्यूज
प्रतिक्रिया