शीर्षकहरू

नेप्से ४ अंकले घट्दा कारोबार ४ अर्ब नाघ्यो, दुई कम्पनीमा सकारात्मक सर्किट

नेप्से ४ अंकले घट्दा कारोबार ४ अर्ब नाघ्यो, दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेको छ।

शुक्रबार नेप्से परिसूचक ४ अंकले घटेर २७२४.०३ बिन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ०.५३ अंक, फ्लोट इन्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले घटेका छन्।

उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ४ उपसमूह हरियालीमा रहे भने ९ उपसमूहमा गिरावट देखियो। म्युचुअल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सूचक बढेका छन्। घटेका उपसमूहहरूको गिरावट भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

परिसूचक ओरालो लागे पनि कारोबार गतिविधि भने उत्साहजनक देखिएको छ। अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको बजारमा शुक्रबार ३४२ कम्पनीका ९८ लाख ५६ हजार कित्ता सेयर ५४ हजार १७७ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ पुगेको छ।

यस दिन सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि करिब १३.५ प्रतिशतले बढेको छ। विपरीत रूपमा कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। कम्पनीको २५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि सिटी होटलको करिब २५ करोड रुपैयाँ र आँखुखोला जलविद्युत् कम्पनीको २२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

null

प्रतिक्रिया