शीर्षकहरू

भुजुङ्ग हाइड्रोको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाइड्रोको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको छ।

सभाले कम्पनीको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गर्दै संस्थापक तथा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

साधारण सभाबाट संस्थापक शेयरधनीतर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी र सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छन् भने स्वतन्त्र सञ्चालकका रूपमा रीता गौतमलाई मनोनयन गरिएको छ।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा भावी योजनासम्बन्धी प्रस्तावहरू छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमका क्रममा शेयरधनीहरूबीच कम्पनीको आगामी रणनीति, आयोजना विकास तथा ऊर्जा क्षेत्रमा सम्भावित विस्तारका विषयमा समेत सकारात्मक छलफल भएको थियो।

कम्पनीले आगामी दिनमा जलविद्युत् परियोजनाको प्रभावकारी कार्यान्वयन, वित्तीय सुदृढीकरण र उत्पादन क्षमता विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ।

नवनिर्वाचित सञ्चालक समितिलाई शेयरधनीहरूले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया