शीर्षकहरू

हिमालयन बैंकद्वारा समयमा कर्जा नतिर्ने ऋणीका १ लाख ५८ हजार कित्ता सेयर लिलामीमा

हिमालयन बैंकद्वारा समयमा कर्जा नतिर्ने ऋणीका १ लाख ५८ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं। हिमालयन बैंक लिमिटेडले शेयर धितो कर्जा लिएर समयमै भुक्तानी नगर्ने ऋणीहरूको धितोमा रहेको सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकले तीन विभिन्न कम्पनीका कुल १ लाख ५८ हजारभन्दा बढी कित्ता सेयर लिलामीका लागि सूचना जारी गरेको हो।

बैंकका अनुसार प्राइम कमर्सियल बैंकको ४६ हजार ८९४ कित्ता, युनाइटेड अजोड इन्स्योरेन्सको ३८ हजार २७२ कित्ता र महालक्ष्मी विकास बैंकको ७३ हजार ८५३ कित्ता सेयर बिक्रीमा राखिएको छ। सम्बन्धित ऋणीहरूले कर्जा सम्झौता अनुसार साँवा, ब्याज तथा हर्जना भुक्तानी नगरेपछि धितोमा राखिएको सेयर बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।

सूचनाअनुसार इच्छुक खरिदकर्ताले १५ दिनभित्र, अर्थात असार ११ गतेसम्म बैंकको पाटन शाखामा आवेदन दिनुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको कित्ता संख्या तथा प्रस्तावित मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। न्यूनतम १० हजार कित्तादेखि सम्पूर्ण कित्तासम्म खरिदका लागि बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले प्राप्त बोलपत्रहरू असार १५ गते दिउँसो ३ बजे खोल्ने कार्यक्रम तय गरेको छ। यससँगै धितो कर्जा नतिर्ने ग्राहकका सेयर बिक्रीमार्फत असुली प्रक्रिया अघि बढाउने बैंकिङ अभ्यास पुनः सक्रिय देखिएको छ।

प्रतिक्रिया