काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीका लागि विशेष छुट सुविधा घोषणा गरेको छ।
हेल्दी होम र हेल्दी होमसँगको सहकार्यमा गरिएको सम्झौता अनुसार वित्त कम्पनीका कर्मचारी तथा ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने व्यवस्था गरिएको हो।
सम्झौताअनुसार शरीरको तौल घटाउने, छाला तथा कपाल हेरचाह लगायतका सेवामा २० प्रतिशतसम्म र अन्य स्वास्थ्य–सम्बन्धित उत्पादन तथा सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
कम्पनीका अनुसार यो सुविधा प्रयोग गर्न ग्राहक तथा कर्मचारीहरूले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ सेवा वा एटीएम कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
देशभर २१ वटा शाखा सञ्जाल रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थासँग सहकार्य गर्दै ग्राहकलाई नयाँ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीले यो छुट योजनाले ग्राहक सन्तुष्टि बढाउने र डिजिटल भुक्तानी प्रणालीलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया