नयाँ दिल्ली (भारत) । भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल र काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अस्पताल सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, ग्राहक तथा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले अस्पतालका सेवामा १० प्रतिशत छुट पाउनेछन्।
सम्झौताअनुसार बिरामीले औषधि तथा उपभोग्य सामग्री बाहेक अन्य उपचार सेवामा छुट पाउनेछन्। तर, अस्पतालमा उपचार नगरी बाह्य फार्मेसीबाट औषधि तथा सेवा लिने अवस्थामा भने छुट लागू नहुने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट डिपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चीफ मार्केटिङ अफिसर दीपेन्द्र बाबुले हस्ताक्षर गरेका हुन्।
सम्झौता २०८३ जेठ २८ गतेदेखि लागू भई २०८८ सम्म कायम रहनेछ।
प्रभु बैंकका देशभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्तार गरिरहेको बैंकले ग्राहकलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने मूल नारासहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया