शीर्षकहरू

म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियट नेपालमा, समावेशिता र पर्यटन विस्तारमा जोड

म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियट नेपालमा, समावेशिता र पर्यटन विस्तारमा जोड

काठमाडौं। म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणले नेपालको लक्जरी पर्यटन, अन्तर्राष्ट्रिय लगानी र आतिथ्य क्षेत्रमा नयाँ सम्भावनालाई थप मजबुत बनाएको छ। जेडब्लु म्यारियट काठमाडौं भ्यालीको होटल व्यवस्थापन सम्झौता हस्ताक्षर कार्यक्रमको पूर्वसन्ध्यामा उनी ७ जुन २०२६ मा नेपाल आइपुगेका हुन्।

नेपाल आगमनका क्रममा उनलाई परम्परागत नेपाली आतिथ्यतासहित न्यानो स्वागत गरिएको थियो। स्वागत कार्यक्रमले नेपालको आतिथ्य संस्कृति, सांस्कृतिक सौहार्द र अन्तर्राष्ट्रिय पाहुनाप्रति देखाइने सम्मानलाई झल्काएको आयोजक पक्षले जनाएको छ।

यस अवसरलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी सामाजिक समावेशिताको सन्देश दिने प्रयास गरिएको थियो। भ्रमणका क्रममा डाउन सिन्ड्रोम सोसाइटीसँग आवद्ध बालबालिकासँग विशेष भेटघाट गरिएको थियो भने काठमाडौं म्यारियटमा कार्यरत डाउन सिन्ड्रोम भएका कर्मचारीहरूको योगदानलाई समेत सम्मान गरिएको थियो। यसले अपांगता भएका व्यक्तिहरूको सहभागिता र कार्यस्थल समावेशिताप्रति संस्थागत प्रतिबद्धता देखाएको छ।

डेभिड म्यारियटले म्यारियट इन्टरनेशनलमा २५ वर्षभन्दा बढी समय बिताइसकेका छन्। उनले होटल सञ्चालन, बिक्री व्यवस्थापन तथा क्षेत्रीय नेतृत्व भूमिकामा महत्वपूर्ण योगदान दिएका छन्। हाल उनी कम्पनीका बोर्ड अध्यक्षका रूपमा १४६ देश तथा क्षेत्रका ३० भन्दा बढी ब्रान्डअन्तर्गत सञ्चालित करिब ९,९०० होटल तथा सम्पत्तिहरूको विश्वव्यापी सञ्जालको नेतृत्व गरिरहेका छन्।

null​​​​​​​

म्यारियट इन्टरनेशनलको ९८ वर्षे इतिहासमा उनी तेस्रो बोर्ड अध्यक्ष हुन्। आफ्नो परिवारको दीर्घ होटल व्यवसायिक विरासतलाई निरन्तरता दिँदै उनले कम्पनीलाई विश्वव्यापी आतिथ्य उद्योगमा अझ विस्तार गर्दै लगेका छन्।

भ्रमणका क्रममा म्यारियट इन्टरनेशनलको वरिष्ठ नेतृत्व टोली पनि नेपालमा सहभागी भएको थियो। टोलीमा एशिया–प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, एशिया–प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निरज गोविल, प्रमुख लजिङ प्रोडक्ट एण्ड सर्भिसेज अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा लगायत सहभागी थिए।

कम्पनीले नेपाललाई दीर्घकालीन रणनीतिक पर्यटन गन्तव्यका रूपमा हेर्दै आएको बताइएको छ। प्राकृतिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदाले सम्पन्न नेपालमा उच्चस्तरीय पर्यटक आकर्षणको ठूलो सम्भावना रहेको निष्कर्ष निकाल्दै जेडब्लु म्यारियट काठमाडौं भ्याली परियोजनाले देशको लक्जरी पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौं म्यारियट होटल नक्सालस्थित नेपालकै अग्रणी पाँचतारे आतिथ्य गन्तव्यहरूमध्ये एक मानिन्छ। म्यारियट इन्टरनेशनलको वैश्विक सञ्जालअन्तर्गत सञ्चालनमा रहेको यो होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै नेपाली संस्कृति र स्थानीय जनशक्तिसँग गहिरो सम्बन्ध कायम राखेको छ। सन् २०१९ देखि सञ्चालनमा आएपछि यो होटल व्यवसायिक यात्रु, पर्यटक तथा कर्पोरेट पाहुनाका लागि विश्वसनीय गन्तव्यका रूपमा स्थापित भएको छ।

null

प्रतिक्रिया