शीर्षकहरू

बैंकिङ कसुरसम्बन्धी विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार मिजार पक्राउ

बैंकिङ कसुरसम्बन्धी विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार मिजार पक्राउ

काठमाडौं। बैंकिङ कसुरसम्बन्धी विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो। उनलाई काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार मिजार बैंकिङ कसुरका १२ र चेक अनादरका २ गरी कुल १४ मुद्दामा दोषी ठहर भई फरार रहेका थिए। उनीमाथि २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगोसम्बन्धी मुद्दा रहेको पनि प्रहरीले जनाएको छ।

अदालतको फैसलाअनुसार उनलाई ४३ लाख २३ हजार रुपैयाँ जरिवाना, १ लाख ७२ हजार ९४१ रुपैयाँ क्षतिपूर्ति तथा ९० दिन कैद सजाय तोकिएको थियो।

पक्राउ परेका मिजारलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा बुझाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया