शीर्षकहरू

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २३ दिनका लागि ६० अर्ब निक्षेप खिच्ने

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २३ दिनका लागि ६० अर्ब निक्षेप खिच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बराबरको अल्पकालीन निक्षेप संकलन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागमार्फत बोलकबोल प्रक्रियाबाट २३ दिनका लागि निक्षेप संकलन गरिनेछ।

निक्षेप संकलन बोलकबोलमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। मागभन्दा बढी आवेदन परेमा प्रस्तावित रकमका आधारमा प्रो–राटा (अनुपातिक) ढंगले बाँडफाँट गरिनेछ।

निक्षेप संकलनबाट प्राप्त रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने भए पनि अनिवार्य नगद अनुपात मा गणना गर्न नपाइने व्यवस्था छ। तर नियामकीय तरलता अनुपातका लागि भने मान्यता दिइनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन प्रक्रिया २०८३ जेठ २७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत सञ्चालन हुनेछ। सोही दिन बोलकबोलको निष्काशन तथा बाँडफाँट प्रक्रिया सम्पन्न गरिनेछ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। प्रस्तावित ब्याजदरका आधारमा प्रतिस्पर्धात्मक रूपमा निक्षेप संकलन गरिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया