काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको जनाएको छ।
साधारणसभाबाट संस्थापक समूहतर्फ लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्करराज जोशी तथा सर्वसाधारण समूहतर्फ बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक निर्वाचित भएका छन्।
साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ। संस्थाले नयाँ नेतृत्वको अनुभव र मार्गदर्शनबाट लघुवित्त क्षेत्रको अग्रणी संस्थाका रूपमा थप सशक्त बन्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया