काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट साढे ९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने भएको छ ।
कम्पनीको सञ्चालक समितिले आगामी जेठ २९ गते बस्ने साधारणसभाबाट ३ करोड ४ लाख ६८ हजार १ सय १० रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।
कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशतका दरले १६ लाख ३ हजार ५ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गर्ने जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २९ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित भएपछि सेयरधनीलाई वितरण प्रक्रिया अघि बढाइने जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया