शीर्षकहरू

सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ, रेष्टुरेन्ट कारोबारमा बैंकिङ कसुर आरोप

सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ, रेष्टुरेन्ट कारोबारमा बैंकिङ कसुर आरोप

काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध बैंकिङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको हो।

मुद्दाको विवरणअनुसार, गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीसम्बन्धी कारोबारमा साहमाथि रकम भुक्तानी नगरेको आरोप लागेको छ। उनले उक्त रेष्टुरेन्ट करिब रु. १ करोड ३० लाखमा खरिद गरेको भए पनि सम्झौताअनुसारको सम्पूर्ण रकम नतिरेको दाबी गरिएको छ।

रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अदालतले पक्राउ अनुमति जारी गरेको हो।

त्यसपछि अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार साहमाथि थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया