शीर्षकहरू

घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट हुँदा तीन जनाको मृत्यु

घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट हुँदा तीन जनाको मृत्यु

काठमाडौं, जेठ १२ । राजधानीका दुई स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । प्राप्त समाचारअनुसार घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको हो । सुकेधारा पुलनजिकै विस्फोट हुँदा दुई जनाको मृत्यु भएको तथा घट्टेकुलोमा  प्रज्वल शाहीको घरको कोठामा विस्फोट हुँदा एक जनाको मृत्युभएको बताइएको छ । विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया