काठमाडौं। वैदेशिक रोजगारीका नाममा महिलालाई गैरकानुनी रूपमा विदेश पठाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ३१ लाख ८० हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का केदारबहादुर खड्का ९आशिष०, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ईश्वर न्यौपाने, गुल्मीको दरबार गाउँपालिका–२ का रामबहादुर क्षेत्री र सप्तरीको कृष्णसवरन गाउँपालिका–२ का प्रकाश साह रहेका छन्।
त्यस्तै, मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का कुमार उराउ र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का पशुपति राई पनि पक्राउ परेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीका अनुसार उनीहरूलाई बुधबार र बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ३१ लाख ८० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। उनीहरूले वैदेशिक रोजगारीका लागि महिलालाई गैरकानुनी माध्यमबाट विदेश पठाउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया