काठमाडौं । प्रवीण रमण पराजुली पुनः नेपाल लाइफ इन्स्योरेन्स को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्।
कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई थप चार वर्षका लागि करारमा सीईओ पदमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिको चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका पराजुलीले अब आगामी कार्यकालमा पनि कम्पनीको नेतृत्व सम्हाल्नेछन्। उनी २०७९ साउन ४ गतेदेखि नेपाल लाइफको सीईओको जिम्मेवारीमा छन्। सीईओ नियुक्त हुनुअघि उनी कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
बीमा तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका पराजुलीले नेपाल लाइफको व्यवसाय विस्तार, सेवा प्रवाह सुदृढीकरण तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
कम्पनीले उनको नेतृत्वमा आगामी दिनमा पनि व्यवसायिक वृद्धि, सेवा गुणस्तर अभिवृद्धि तथा बीमा पहुँच विस्तारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया