काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ५ हजार रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९३ हजार २०० रुपैयाँ रहेकोमा सोमबार २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य तोलाको २० रूपैयाँले बढेर ५ हजार १५ रुपैयाँ कायम भएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया