शीर्षकहरू

नाडा ग्रीन ड्राइभ २०२६ सफलतापूर्वक सम्पन्न

नाडा ग्रीन ड्राइभ २०२६ सफलतापूर्वक सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

नाडाले विभिन्न स्थानमा विद्युतीय सवारीसाधन (EV) को सहभागितामा आयोजित र्‍यालीमार्फत दिगो यातायात, वातावरण संरक्षण र हरित प्रवर्द्धनलाई मुख्य सन्देश बनाएको जनाएको छ।

कार्यक्रममा AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI तथा Times Business–SKYWORTH लगायत विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन सहभागी भएका थिए।

र्‍याली नाडा सचिवालय टेकुबाट सुरु भई त्रिपुरेश्वर, दरबारमार्ग, नक्शाल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, पुल्चोक हुँदै ललितपुरको जावलाखेल प्लाजामा पुगेर सम्पन्न भएको थियो।

कार्यक्रममा कुल ७२ जनाले सहभागिता जनाएका थिए। सहभागीलाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्व अध्यक्ष ध्रुव थापा तथा कृष्णप्रसाद भट्टराईले प्रमाणपत्र वितरण गरेका थिए।

प्रमाणपत्र वितरण कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले व्यवस्थापन सम्हालेका थिए भने सम्पूर्ण कार्यक्रम नाडाका केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका संयोजकले संयोजन गरेका थिए।

नाडाले यो र्‍यालीलाई नेपालको विद्युतीय सवारी प्रवर्द्धन, स्वच्छ ऊर्जा उपयोग र दिगो यातायात प्रणालीतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

null

null

null

प्रतिक्रिया