काठमाडौं । बीवाईडीका ७७४ वटा गाडी भन्सर छलेर ल्याइएको हो वा होइन् भनेर सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन भएको छ । भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले बिहीबार छानबिन समिति गठन गठन गरेका हुन् ।
समितिको संयोजकमा भन्सार मूल्याङ्कन शाखाका निर्देशक भुपाल राज शाक्य रहेका छन् । छानबिन समितिका पदाधिकारीहरु बिहीबार नै अनुसन्धानका लागि मुस्ताङ् प्रस्थान गरेको स्रोतले बताएको छ । मुस्ताङमा रहेको कोरोला नाकामै गएर अनुसन्धान गर्न लागिएको हो ।
सशस्त्र प्रहरीले बुधबार बीवाईडीका ७७४ वटा गाडी नियन्त्रणमा लिएको थियो । भन्सार छली गरेर भित्रिएको आशंकामा सशस्त्रले उक्त गाडीहरु नियन्त्रणमा लिएको थियो । त्यससँगै विभागले छानबिनका लागि समिति गठन गरेको हो ।
बीवाईडीले उक्त गाडीहरु जेठ ८ गतेदेखि १३ गतेसम्म नेपाल भित्र्याएको सशस्त्रको भनाई छ ।
यस विषयमा नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता कम्पनी साइमेक्स इंकले सबै गाडीहरु कानूनी प्रावधान भित्र नै रहेका आयात गरेको जनाएको छ । जेठ ८ देखि १३ गतेसम्म कम्पनीले २ हजार २४२ वटा गाडी भित्र्याएको जनाएको छ । ति सबै कानूनी प्रक्रिया पुरा गरेर नेपाल भित्र्याएको कम्पनीको दाबी छ ।
आर्थिकन्यूज
प्रतिक्रिया