काठमाडौं । दीपक भट्ट सहित ४ जना विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले बिहीबार दिपक भट्ट, शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र साहिल अग्रवालविरुद्ध बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा दायर गरेको हो ।
उच्च अदालत पाटनमा दायर गरिएको मुद्दामा उनीहरुविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ माग दाबी गरिएको छ भने ८ वर्षसम्म कैदको सजाय माग गरिएको छ । यस सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो सीईबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयलाई फाइल बुझाएको थियो ।
यस्तै, दिपक भट्ट र साहिल अग्रवालसहित ३९ जना विरुद्ध बिहीबार नै विशेष अदालतमा पनि मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको हो । जहाँ २२ अर्ब ३९ करोड माग दाबी गरिएको छ ।
आर्थिकन्यूज

प्रतिक्रिया