शीर्षकहरू

इप्पान निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

इप्पान निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सहभागी उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ।

निर्वाचन समितिले प्रकाशित गरेको सूचनाअनुसार उम्मेदवारीमाथि परेको दाबी–विरोधको छानबिन तथा निर्णयपछि अन्तिम नामावली सार्वजनिक गरिएको हो। 

वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन (सीईडीबी होल्डिङ्स) र बलराम खतिवडा (बराह मल्टिपावर) बीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष पदका पाँच स्थानका लागि उत्तमकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा उत्रिएका छन्।

महासचिव पदका लागि (टेकराज आचार्य (भिजन इनर्जी एन्ड पावर) र प्रकाशचन्द्र दुलाल (फेदीखोला हाइड्रोपावर) बीच प्रतिस्पर्धा हुने भएको छ। उपमहासचिव पदमा कविता पोखरेलको एकल उम्मेदवारी परेको छ।

सचिव पदका पाँच स्थानका लागि अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुबेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी उम्मेदवार बनेका छन्। कोषाध्यक्ष पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बयालबीच प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी सदस्य पदका लागि विभिन्न जलविद्युत कम्पनीका प्रतिनिधिहरूबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन समितिले ऊर्जा क्षेत्रका निजी उत्पादकहरूको छाता संगठन इप्पानको नयाँ नेतृत्व चयनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

इप्पानको आगामी नेतृत्वका लागि हुने निर्वाचनलाई ऊर्जा क्षेत्रका लगानीकर्ता तथा जलविद्युत व्यवसायीहरूले चासोका साथ हेरेका छन्। नयाँ नेतृत्वले ऊर्जा उत्पादन, लगानी विस्तार, विद्युत् व्यापार तथा निजी क्षेत्रका साझा मुद्दालाई कसरी अगाडि बढाउँछ भन्ने विषय अहिलेको मुख्य बहस बनेको छ। उपमहासचिव र सचिव ५ जना भने निर्विरोध निर्वाचित भएका छन् ।

nullnullnull

प्रतिक्रिया