शीर्षकहरू

मेटलाइफद्वारा बीमा शुल्क भुक्तानी संकलनका लागि त्रिपक्षीय सम्झौता

मेटलाइफद्वारा बीमा शुल्क भुक्तानी संकलनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सँग सहकार्य गरी बीमा शुल्क भुक्तानीका लागि डिजिटल स्ट्यान्डिङ इन्ट्रक्चर (ई–म्यान्डेट) सुविधा नेपाल क्लियरिङ हाउसको राष्ट्रिय भुक्तानी इन्टरफेससँग आफ्नोप्रणालीलाई एकिकृत गरी सक्षम पार्ने गरी साझेदारी गरेको छ ।

यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याएको हो । यस व्यवस्था सँगै, मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमा शुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिङ्ग निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्। यस सुविधाको सदस्यता लिए अन्तर्गत ग्राहकहरुले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन् ।

मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पुरा हुनेछ ।

ई–म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती/आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ । ग्राहकहरूले यो सुविधाको सदस्यता लिन सक्छन्र निर्धारित मितिहरूमा त्यस्ता भुक्तानीहरू डिजिटल रूपमा गरिन्छ भन्ने कुरामा विश्वस्त हुन सक्छन्। एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकहरुले निरन्तर रुपमा यसको फाइदा लिन सक्नेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले भने, “मेटलाइफ, नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंक बीचको सहकार्यको यो उत्कृष्ट उदाहरण हो। हामी विश्वस्त छौं कि यो विकास र प्रवृत्तिले बीमा र बैंकिङ उद्योगको लागि बीमा शुल्क सङ्कलन प्रक्रियालाई परिवर्तन गर्नेछ ।“