शीर्षकहरू

हिमालयन लाइफको नाफा ४४.६६ प्रतिशतले घट्यो, जीवन बीमा कोषमा ८६ अर्ब बढी

हिमालयन लाइफको नाफा ४४.६६ प्रतिशतले घट्यो, जीवन बीमा कोषमा ८६ अर्ब बढी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ह्वात्तै घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक विवरण अनुसार खुद नाफा ४४.६६ प्रतिशतले घटेको हो ।

कम्पनीले पछिल्लो ९ महिनामा २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ४७ करोड २४ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा २१ करोड १० लाख रुपैयाँ नाफा घटेको देखिन्छ ।

नाफा घटेपनि कम्पनीको व्यापार भने वृद्धि भएको छ । गत आवको ९ महिनामा १२ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीले यो वर्षको सोही अवधिमा १३ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको छ ।

कम्पनीको कुल आम्दानी र दाबी भुक्तानी खर्च दुवै घटेको छ । कुल आम्दानी १८ अर्ब ४८ करोडबाट १७ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ । यस्तै, दाबी भुक्तानी १४ अर्ब ९६ करोडबाट १४ अर्ब ६३ करोडमा झरेको हो ।

कम्पनीको जीवन बीमा कोषको आकार १६.७० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको ९ महिनासम्म ७३ अर्ब ७७ करोड रुपैयाँ रहेको कोषमा चालु आवको साही अवधिमा ८६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

९ अर्ब १४ करोड भन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ३.८१ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १००.४५ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १०९०.८२ रुपैयाँ रहेको छ । कम्पनीले ८२ अर्ब ४८ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । 

प्रतिक्रिया