काठमाडौं। हेयर स्टाइलिङ ब्रान्ड लिभोनले अभिनेत्री स्वस्तिमा खड्का लाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
मारिको लिमिटेड अन्तर्गतको लिभोनले जारी गरेको विज्ञप्तिअनुसार स्वस्तिमा नयाँ टेलिभिजन विज्ञापन (टिभिसी) मार्फत ब्रान्डको नयाँ अभियानमा देखिनेछिन्। कम्पनीले उनको आत्मविश्वासी छवि, लोकप्रियता र समकालीन व्यक्तित्व ब्रान्डको पहिचानसँग मेल खाने जनाएको छ।
लिभोनको नयाँ अवधारणा ‘LIVON IT’ मा आधारित विज्ञापनले काम, यात्रा र सामाजिक जीवनमा सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई केन्द्रमा राखेको छ। अभियानले आत्मविश्वासका साथ अघि बढ्ने महिलाहरूको ऊर्जा, उत्साह र सकारात्मक सोचलाई प्रस्तुत गर्ने कम्पनीको दाबी छ।
विज्ञापनमा पछिल्लो समय युवा पुस्तामाझ चर्चित गायिका जेनी योञ्जन को स्वर रहेको गीत पनि समावेश गरिएको छ। कम्पनीका अनुसार विज्ञापनले नेपाली जीवनशैली र आधुनिक महिलाको आत्मविश्वासलाई प्रतिबिम्बित गर्ने प्रयास गरेको छ।
लिभोनले लामो समयदेखि महिलाहरूलाई आफ्नो व्यक्तित्व र शैलीप्रति आत्मविश्वासी बनाउन केन्द्रित अभियान सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार स्वस्तिमाले ब्रान्डको सन्देशलाई पर्दामा मात्र होइन, आफ्नो जीवनशैलीमार्फत पनि प्रतिनिधित्व गर्नेछिन्।
कम्पनीले यस सहकार्यलाई नेपालमा लिभोनका लागि नयाँ अध्यायको सुरुवातका रूपमा व्याख्या गरेको छ। स्वस्तिमाको आबद्धताले उपभोक्तासँगको सम्बन्ध थप सुदृढ हुने र महिलाहरूलाई आफ्नो शैली र आत्मविश्वास अभिव्यक्त गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
लिभोन हेयर सिरम उत्पादनका लागि परिचित ब्रान्ड हो। हाल यसको उत्पादन श्रृंखलामा ड्यामेज प्रोटेक्ट, कलर प्रोटेक्ट, केराटिन र हाइलुरोन भेरियन्ट उपलब्ध छन्। कम्पनीका अनुसार यी उत्पादनहरू महिलाहरूलाई दैनिक हेयर केयरलाई सहज र प्रभावकारी बनाउन लक्षित छन्।
आर्थिकन्यूज
प्रतिक्रिया