काठमाडौं । एसियन लाइफद्वारा ‘एसियनले बचतसँगै उच्च वित्तीय सुरक्षा खोज्ने ग्राहकलाई लक्षित गर्दै ‘एसियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको यस योजनाअन्तर्गत बीमा अवधि पूरा भएपछि बीमाङ्क र बोनससहित वार्षिक आय सुविधा, बीमाशुल्क छुट तथा संस्कार खर्च सुविधा मूल बीमामै समावेश गरिएको जनाएको छ। यी सुविधाका लागि बीमितले अतिरिक्त बीमाशुल्क तिर्नु नपर्ने कम्पनीको भनाइ छ।
योजनामा बीमा अवधिभित्र दुर्घटनाका कारण स्थायी अंगभंग भएमा बाँकी अवधिको बीमाशुल्क छुट हुनुका साथै जीविकोपार्जनका लागि प्रत्येक वार्षिकोत्सवमा बीमाङ्कको १० प्रतिशतका दरले वार्षष्प आय भुक्तानी गरिने व्यवस्था गरिएको छ। बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क रकम र संचित बोनस एकमुष्ट प्राप्त गर्नेछन्।
यसैगरी अतिरिक्त बीमाशुल्क तिरेर दुर्घटना मृत्यु लाभ समेत समावेश गर्न सकिने सुविधा राखिएको छ। १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले ५ वर्षदेखि १५ वर्ष अवधिसम्मका लागि न्यूनतम ५० हजार रुपैयाँदेखि बीमा गर्न सक्ने कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया