शीर्षकहरू

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेकपाको प्रदर्शन, माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेकपाको प्रदर्शन, माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनहरूले प्रधानमन्त्रीको संसद्मा दिएको अभिव्यक्तिलाई लिएर बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले राष्ट्रिय अखण्डतासँग जोडिएको विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा भएको प्रदर्शनमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाइएको थियो। प्रदर्शनकारीहरूले उक्त भनाइ फिर्ता लिन र संसद्मै स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा बोल्दै जनवर्गीय संगठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डे ले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय अखण्डताविरुद्ध रहेको दाबी गरे। पर्याप्त अध्ययन र तथ्यबिना प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले यसलाई राष्ट्रघाती भनाइको संज्ञा दिए।

उनले विकसित लोकतान्त्रिक मुलुकमा यस्ता अभिव्यक्ति दिने प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने अवस्था आउने टिप्पणी गरे। प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र माफी माग्नुपर्ने उनको भनाइ थियो।

पाण्डेले संसद् छ दिनका लागि स्थगित भइसकेको उल्लेख गर्दै आगामी बैठकमा प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्टीकरण नदिए र माफी नमागे संसद्को अवरोध हट्ने सम्भावना कम रहेको बताए।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन, सार्वजनिक रूपमा माफी माग्न तथा राष्ट्रिय हित र अखण्डतासम्बन्धी विषयमा जिम्मेवारीपूर्वक प्रस्तुत हुन सरकारसँग माग गरेका छन्।

null

null

 

null

प्रतिक्रिया