उद्योग बाणिज्य महासंघमा चण्डिराजको ‘राज’ सकिँदै, ‘बमबार्ड द हेडक्वाटर’ का लागि पूर्वअध्यक्षहरु सहमत - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

उद्योग बाणिज्य महासंघमा चण्डिराजको ‘राज’ सकिँदै, ‘बमबार्ड द हेडक्वाटर’ का लागि पूर्वअध्यक्षहरु सहमत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
उद्योग बाणिज्य महासंघमा चण्डिराजको ‘राज’ सकिँदै, ‘बमबार्ड द हेडक्वाटर’ का लागि पूर्वअध्यक्षहरु सहमत
LBEF
NCH-IPS

काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) मा एतिहासिक परिवर्तनको संकेत देखिएको छ ।  महासंघका पुर्व अध्यक्षहरुले दिएको सुझाव यदि महासंघको वर्तमान नेतृत्वले हुबहू लागू गर्यो भने महासंघले नयाँ उचाई प्राप्त गर्ने निश्चित भएको हो । 

आफ्ना निजी उद्योग धन्दाहरु लगभग टाट पल्टिएको अवस्थामा पुगेपछि महासंघलाई  प्रालि झैँ चलाउँदै आएका पुर्व अध्यक्ष तथा महासंघको विशिष्ट सदस्यको विल्ला भिरेका चण्डिराज ढकाललाई महासंघको राजनीतिबाट हात धुन बाध्य पार्ने योजना सहित पूर्व अध्यक्षहरुले सुझाव पेश गरेको बुझिएको छ । महासंघको संस्थागत विकासमा बाधक बन्दै आएका ढकालको ’राज’ सकिएपछि महासंघमा सुनौला दिनको सुरुवात हुने अपेक्षा गरिएको छ ।  

प्राप्त जानकारी अनुसार भाद्र मसान्तसम्ममा महासंघको विधानमा संसोधन गर्नुपर्ने विषयहरु समेटेर सुझाव पेश गर्न हालको कार्य समिति एवं विधान संसोधन समितिले पुर्व अध्यक्षहरुलाई समयसीमा दिएको थियो ।  त्यसै अनुरुप पूर्व अध्यक्षहरुको तर्फबाट मंगलबार सामूहिक सुझाव पेश भएको हो ।

आर्थिकन्युजलाई प्राप्त जानकारी अनुसार महासंघले कार्यसमितिमा नै उच्च मान र प्रतिष्ठा सहित विशिष्ट सदस्यभन्दै राखेको चण्डिराज ढकालको पद हटाउने सुझाव दिइएको छ । एक पुर्व अध्यक्षका अनुसार सुझावको सबैभन्दा महत्वपूर्ण बुंदा नै यहि हो । त्यसको अपरिहार्यतालाई जोड दिंदै उनले भने, ’रोगको मूल कारण नखोजी अरुतिर उपचार खोजेर हुँदैन ।’ 

सुझावमा समेटिएको अर्को महत्वपूर्ण विषय भनेको हाल विवादको शिखरमा रहेको बरिष्ट उपाध्यक्षलाई स्वत अध्यक्ष बन्न दिने वा नदिने भन्ने विषयमा पूर्व अध्यक्षहरुले सुझाएको निकास हो । पूर्व अध्यक्ष रविभक्त श्रेष्ठका अनुसार सुझावमा अघिल्लो वर्ष मात्र बनेको वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान पनि परिवर्तन गर्न सकिन्छ तर हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बनेपछि मात्र लागूहुने गरि संशोधन लागू गरिनुपर्छ भनेर स्पष्ट रूपमा लेखिएको छ । उनै चण्डिराजको योजना बमोजिम गोल्छालाई अध्यक्ष बन्न नदिनेगरी विधान संशोधनको तयारी भैरहेको बेला पूर्व अध्यक्षको यस्तो सुझाव आएको हो ।

अबको अध्यक्ष गोल्छालाई नै बन्न दिनुपर्ने औचित्यताबारे श्रेष्ठको तर्क छ, ’कुनै अमुक मान्छेलाई अध्यक्ष बन्न नदिन वा कुनै त्यस्तै आफ्नो मान्छेलाई बनाउन मनपरी ढंगले विधान संशोधन गर्ने कुरा हुँदैन । यस्तो कुराले संस्था डुब्छ ।' उनले अगाडी थपे, 'कुनै हालतले हुन दिईदैन ।’

पूर्व अध्यक्षहरुको बुझाएको सुझावमा विधान संशोधन गरेर छुट्टै परिषद बनाउनुपर्ने कुरा उल्लेख गरिएको छ । सल्लाहकार समितिलाई यस्तो परिषद्मा रुपान्तरण गरेपछि सम्पूर्ण पूर्व अध्यक्ष र निवर्तमान अध्यक्ष समेतलाई यसमा राख्न सुझाव दिईएको छ । यसोहुँदा अहिलेको जस्तो कार्य समितिले पुर्व अध्यक्षहरुलाई अपमान र उपेक्षा गर्न पाउने अवस्था नआउने उनीहरुको ठहर रहेको छ । 

फौजदारी अभियोग लागेको व्यक्तिलाई पनि महासंघको अध्यक्षको उमेदम्द्धारी दर्ता गर्न नदिने सुझाव अर्को बुंदामा रहेको छ । सम्पूर्ण पुर्व अध्यक्षहरुको हस्ताक्षर रहेको सो सुझावपत्रमा राज्यको संघिय संरचना बमोजिम सातै प्रदेशका अध्यक्षहरुलाई केन्द्रिय कार्यसमितिको उपाध्यक्षको दर्जा दिनुपर्ने कुरा समेत समेटिएको छ ।

महासंघको प्रतिष्ठा गिर्दै गएकोमा अत्यन्तै चिन्तित देखिएका पुर्व अध्यक्ष रविभक्त श्रेष्ठका अनुसार महासंघको अत्यन्तै महत्वपूर्ण मानिने सल्लाहकार समिति र अनुशासन समिति समेत गठन नगरी स्वेच्छाचारी ढंगले चलाउने प्रवृति हावी छ । उनका अनुसार पुर्व अध्यक्षमध्येबाट नै संयोजक राख्नुपर्ने यस्ता समितिलाई आफ्नो बाधक ठान्ने गरेका कारण नै महासंघ बेकम्मा बनेको हो ।  

महासंघका अर्का पुर्व अध्यक्ष कुशकुमार जोशीसमेत महासंघको वर्तमान नेतृत्व असक्षम रहेको कुरामा सहमत देखिन्छन् । महासंघ किन यसरी भूमिकाविहिन र नीतिगत रुपमा संधै झमेलामा देखिएको होला भन्ने आर्थिकन्युजको प्रश्नमा उनले प्रतिप्रश्न गरे, 'तपाई नै भन्नुस न, कुनै हैसियत बिनाका मान्छेलाई महासंघको बैठकमा चाहिएको/ नचाहिएको पद र मान दिएर राख्ने, त्यस्तैको कुरा सुन्ने भएपछि कसरी काम लाग्छ ?’ उनले पनि चण्डिराज ढकालकै कारण महासंघ कमजोर बनेकोतिर आफ्नो टिप्पणी लक्षित गरे ।

स्रोतका अनुसार आउँदो कार्तिक महिनामा विधान संशोधनको लागि महासंघको विशेष साधारणसभा बोलाउने तयारी भैरहेको छ । सो मार्फत हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अबको अध्यक्ष बन्न नदिनेगरी बिधान संसोधनको योजनामा ढकाल रहेका छन् ।  गतवर्ष मात्र यस्तै बिशेष साधारणसभा मार्फत बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने गरि विधान सशोधन गरिएकोमा तुरुन्तै फेरी गर्न लागिएको फेरवदल प्रति आम उद्योगी/व्यापारी सकारात्मक छैनन् । त्यसमाथि महासंघलाई बिगत लामो समयदेखि एकै व्यक्तिले कब्जामा राखेको र यसको सामाजिक प्रतिष्ठा समेत राश हुँदै गएकोमा निजि क्षेत्र चिन्तित बनेको छ ।

पुर्व अध्यक्षहरुको चिन्ता र उत्कृष्ट सुझावको सम्मान भएमा महासंघले पुनर्जीवित हुने मौका पाउने विश्वास विश्लेषकहरुले गर्न थालेका छन् । जवसम्म आन्तरिक शुद्धता हुँदैन र महासंघलाई कुनै एक व्यक्तिको खल्तीबाट बाहिर निकाल्न सकिंदैन तवसम्म आम निजि क्षेत्रको चिन्ता गर्ने निकाय र संस्थाको अभाव पूर्ति नहुनेमा सबैको एकमत देखिन्छ । धेरैले पुर्व अध्यक्षहरुको यो एकतावद्ध प्रयासलाई वामपन्थीहरुले आन्तरिक शुद्धिकरणको लागि प्रयोग गर्ने ‘बमबार्ड द हेडक्वाटर’ संग समेत तुलना गर्न थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });