शीर्षकहरू

शेयरबजारमा एनआरएन विदेशी लगानी भित्र्याउने बाटो खुल्यो

शेयरबजारमा एनआरएन विदेशी लगानी भित्र्याउने बाटो खुल्यो

 काठमाडौं । पुँजीबजारमा विदेशी कोष तथा लगानी भित्र्याउने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले विशिष्टीकृत लगानीकोष नियमावली , २०७५ लाई प्रथम पटक संशोधन गर्दै विदेशी लगानी भित्र्याउने बाटो खुला गरेको हो ।

नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृति लिई बोर्डले संशोधित नियमावली साउन १ गतेदेखिनै लागू गरेको जानकारी दिएको छ । उक्त नियमावली लागू भएसँगै विदेशी कोष र विदेशी लगानी भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्टु«मेन्ट र ऋणलाई समावेश गर्न सकिनेछ । 

बोर्डले विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानुनको अधिमा रही त्यस्तो कोष वा कोषको व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरेको हो ।

संशोधित नियमावलीमा प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणपत्रको स्वरुप भएको उपकरण वा ऋण वा स्वः पूँँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनि थप गरिएको छ । त्यस्तै भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत संशोधित नियमावलीमा थप गरिएको छ ।

योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष , विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको छ । विशिष्टीकृत लगानीकोष नियमावली संशोधन पश्चात लागू गरिएको व्यवस्थाले धितोपत्र बजारमा विदेशी कोष र लगानीलाई भित्र्याउन सहज गर्न हुने विश्वास बोर्डको छ ।