शीर्षकहरू

भारतको विमान स्थल प्रयोगकर्ताले अब यसो गर्न पर्ने भयो, नत्र समस्या पर्ला

भारतको विमान स्थल प्रयोगकर्ताले अब यसो गर्न पर्ने भयो, नत्र समस्या पर्ला

काठमाडौं, जेठ १ । भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपालीका लागि नयाँदिल्लीस्थित नेपाली राजदूतावासले ६ बुँदे परिपत्र जारी गरेको छ । भारतीय अध्यागमन पार गर्न भारतस्थित नेपाली राजदूतावासको सिफारिस पत्र चाहिने भएकाले राजदूतावासले सो परिपत्र जारी गरेको हो ।

दूतावासको परिपत्रमा भनिएको छ–‘भारत हुँदै तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित सम्बन्धित व्यक्तिले हस्ताक्षरसहितको निवेदन दिनुपर्ने, राहदानी र सोको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि पेश गर्नुपर्ने, रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि, यसअघि भारतबाहेक तेस्रोमुलुक भ्रमण गरेको भएमा यात्रा अभिलेख (भिसा, आगमन, प्रस्थान आदी)को प्रतिलिपि तथा अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपालीको हकमा सम्बन्धित परिचयपत्र पेश गर्नुपर्नेछ ।’
उल्लेखित कागजपत्र पेश गरेपछि मात्रै दूतावासले औचित्यका आधारमा सिफारिश पत्र दिने जनाएको छ ।
 

प्रतिक्रिया