काठमाडौं । अप्पर माई जलविद्युत आयोजना (९.९८ मेगावाट) को विद्युत उत्पादन प्राविधिक समस्याका कारण अस्थायी रूपमा बन्द गरिएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउँदै आयोजनाको एक्सपान्सन जोइन्टमा अत्यधिक पानी चुहावट देखिएपछि मर्मत आवश्यक भएको जनाएको छ। मर्मत कार्यका लागि टनेल पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले विद्युत उत्पादन रोकिएको हो।
कम्पनीका अनुसार मिति २०८३ जेठ १५ गते दिउँसो ३ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको हो। मर्मत सम्भारको काम यथासिघ्र सम्पन्न गरी पुनः उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अपरेसन म्यानेजर भोला नाथ उपाध्यायले पत्रमार्फत आवश्यक मर्मतपछि सेवा पुनः सञ्चालनमा ल्याइने स्पष्ट पारेका छन्। प्राविधिक समस्या समाधानसँगै उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया