शीर्षकहरू

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ८७ हजारले पाए सेयर

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ८७ हजारले पाए सेयर

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड गरिएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलमा भएको बाँडफाँडअनुसार २ लाख ८७ हजार आवेदकले १०-१० कित्ता सेयर प्राप्त गरेका छन्। उच्च आवेदनका कारण अधिकांश आवेदकको हात खाली भएको छ।

कम्पनीको आईपीओमा कुल २८ लाख ६० हजार ७६६ आवेदन परेका थिए। कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो।

आईपीओको नतिजा सीडीएससीको वेबसाइट iporesult.cdsc.com.np मा गई कम्पनी चयन गरेर र १६ अंकको BOID नम्बर प्रविष्ट गरेर हेर्न सकिने व्यवस्था छ।

कालंगा हाइड्रो लिमिटेडले बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगा जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

प्रतिक्रिया