शीर्षकहरू

सुदूरपश्चिम सरकारमा कांग्रेसका पाँच नयाँ मन्त्री नियुक्त

सुदूरपश्चिम सरकारमा कांग्रेसका पाँच नयाँ मन्त्री नियुक्त

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा पाँच जना नयाँ मन्त्री नियुक्त गरेको छ। मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सोमबार पार्टीको तर्फबाट नयाँ मन्त्रीहरूको नियुक्ति गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूमा विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री, जुना दानी आर्थिक मामिला राज्यमन्त्री, मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, बेलबहादुर राना मगर सामाजिक विकास मन्त्री तथा मधु भारती सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन्।

यसअघि कांग्रेसबाट सरकारमा रहेका सबै मन्त्री तथा राज्यमन्त्रीलाई सोमबार नै बिदाइ गरिएको थियो। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले मन्त्रीहरू फिर्ता बोलाएर नयाँ अनुहारलाई अवसर दिने निर्णय गरेको थियो।

कांग्रेसभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेको बताइएको छ। यता सत्ता साझेदार एमालेले पनि आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरे पनि नयाँ नाम टुंगो नलागेकाले तत्काल हेरफेर नहुने भएको छ। हाल सुदूरपश्चिम सरकारमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ।

प्रतिक्रिया