शीर्षकहरू

रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, चितवनमा बजार विस्तार

रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, चितवनमा बजार विस्तार

चितवन। टायल्स उत्पादक कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्ने रणनीतिअन्तर्गत रत्ननगर–१० मा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित शोरुमको उद्घाटन आइतबार गरिएको हो। उद्घाटन कार्यक्रममा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारी र उरुषा भण्डारी को उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार नयाँ शोरुममार्फत चितवन तथा आसपासका क्षेत्रका उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरले वाल तथा फ्लोर टायल्सका विभिन्न डिजाइन र मोडलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्। शोरुममा घर तथा व्यावसायिक परियोजनाका लागि आवश्यक टायल्सका विभिन्न डिजाइन, टेक्स्चर र फिनिसिङ विकल्प उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कजारिया रमेश टायल्सले प्रमुख सहरी केन्द्रबाहिर पनि उच्च गुणस्तरका टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आफ्नो सञ्जाल विस्तार गरिरहेको जनाएको छ। कम्पनीका प्रतिनिधिले चितवन क्षेत्रका उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरका उत्पादनमा सहज पहुँच उपलब्ध गराउने लक्ष्यसहित नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए।

कम्पनीका अनुसार हाल नेपालभर कजारियाका १०० भन्दा बढी शोरुम सञ्चालनमा छन्। कम्पनीले ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स तथा हेभी–ड्युटी भिट्रिफाइड टायल्स उत्पादन तथा बिक्री गर्दै आएको छ।

कजारिया रमेश टायल्सले नेपालमा आधुनिक प्रविधियुक्त टायल उत्पादन उद्योग स्थापना गरेको दाबी गर्दै गुणस्तर तथा दिगोपनाका क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ। कम्पनीले ३ हजारभन्दा बढी डिजाइनका टायल्स बजारमा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया