काठमाडौं। सोपान फर्मास्युटिकल्स लिमिटेडको सेयर आउँदो सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ। कम्पनीको आईपीओ शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै नियमित कारोबार प्रक्रिया अघि बढ्ने भएको हो।
नेप्सेमा कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ७१ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमध्ये सर्वसाधारणका लागि ४२ लाख ९० हजार कित्ता (२५ प्रतिशत) र संस्थापक समूहका लागि १ करोड २८ लाख ७० हजार कित्ता (७५ प्रतिशत) सेयर रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको सेयर मूल्य दायरा (ओपनिङ रेन्ज) प्रतिकित्ता न्यूनतम ९२.१५ रुपैयाँदेखि अधिकतम २७६.४५ रुपैयाँसम्म तोकेको छ। कारोबार संकेत (ट्रेडिङ सिम्बोल) कम्पनीले ‘एसओपीएल’ पाएको छ।
नेप्से नियमअनुसार सूचीकृत भएको दोस्रो दिनदेखि आईपीओ कारोबारमा आउने व्यवस्था भएकाले सोपान फर्मास्युटिकल्सको सेयर सोमबारदेखि कारोबारमा आउनेछ। तर, स्पेशल प्रि-ओपन सेसनमा तोकिएको मूल्य दायराभित्र कारोबार भए मात्र नियमित सत्र सुरु हुनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया