शीर्षकहरू

पिपुल्स इनर्जीको आईपीओ प्रत्याभूतिका लागि ज्योति क्यापिटल नियुक्त

पिपुल्स इनर्जीको आईपीओ प्रत्याभूतिका लागि ज्योति क्यापिटल नियुक्त

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ) को प्रत्याभूतिका लागि ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीले जारी गर्न लागेको ६६ लाख कित्ता साधारण शेयरको प्रति कित्ता १०० रुपैयाँका दरले कुल ६६ करोड रुपैयाँ बराबरको आईपीओमा ज्योति क्यापिटलले प्रत्याभूतिकर्ताको भूमिका निर्वाह गर्ने भएको हो।

यस सम्बन्धमा ज्योति क्यापिटल लिमिटेड र पिपुल्स इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जीका महाप्रबन्धक जनार्दन अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

पिपुल्स इनर्जीले प्रस्तावित आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउने क्रममा ज्योति क्यापिटललाई प्रत्याभूतिकर्ताका रूपमा नियुक्त गरेको जनाएको छ।
 

प्रतिक्रिया