शीर्षकहरू

अल्पकालिन लगानीकर्ता हाबी हुँदा नेप्सेको वृद्धिमा 'ब्रेक', म्युचुअल फण्ड बाहेक सबै समूह राताम्य

अल्पकालिन लगानीकर्ता हाबी हुँदा नेप्सेको वृद्धिमा 'ब्रेक', म्युचुअल फण्ड बाहेक सबै समूह राताम्य

काठमाडौं । लगातार दुई कारोबार दिनको वृद्धि पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार घटेर बन्द भएको छ। यस दिन बजार १३.४६ अंकले घट्दै २,७६६.७८ विन्दुमा पुगेको हो।

बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज ३५३ कम्पनीका १ करोड ६ लाखभन्दा बढी कित्ता शेयर ५१ हजारभन्दा बढी पटक किनबेच भए। कारोबारका आधारमा एभरेष्ट बैंकको अपरिवर्तनीय ऋणपत्र सबैभन्दा अगाडि रह्यो, जसको ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यस्तै, आँखा खोला जलविद्युतको ३२ करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

उपसमूहगत रूपमा म्युचुअल फण्ड बाहेक सबै समूह राताम्य रहे। व्यापार उपसमूह सबैभन्दा बढी १.७१ प्रतिशतले घट्यो भने निर्जीवन बीमा र होटल तथा पर्यटन समूह पनि एक प्रतिशतभन्दा बढीले ओरालो लागे।

बजारमा कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा धेरै कमाउने बने, जसको शेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो। न्यादी हाइड्रोपावर ९ प्रतिशतभन्दा बढीले बढ्दा, एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ७ प्रतिशतभन्दा बढी लाभ लिए।

यता एसबिएल डिबेञ्चर २०८४ का इकाईधनी सबैभन्दा धेरै गुमाउने बने, जसको मूल्य १०.४८ प्रतिशतले घट्यो।

विश्लेषकहरूका अनुसार बजारमा अल्पकालीन लगानीकर्ताको सक्रियता र नाफा बुकिङको दबाबका कारण नेप्सेमा गिरावट देखिएको हो।

null

प्रतिक्रिया