शीर्षकहरू

सिमामा जनतालाई सास्ती तस्करलाई मस्ती

सिमामा जनतालाई सास्ती तस्करलाई मस्ती

वीरगञ्ज ।  तस्करले भारतबाट  राजस्व छलेर तस्करीमार्फत वीरगन्जमा भित्र्याएको ८ लाख भन्दा बढी मुल्यको कपडा प्रहरीले बरामद गरेको छ ।पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ७ स्थित सडक खण्डमा चोरी पैठारी गरी सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्ज तर्फ ल्याउने क्रममा प्रहरीले ८ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको कुर्ता सुरवाल, टप्स र होली टप्स बरामद गरेको हो ।

सिमामा शस्त्र र जनपथको कडाई र भारतीय एस एस बि तथा नेपालको तर्फ रहेको आधा दर्जन भन्दा बढी कडा चेकजाँचलाई छली सिमाबाट ३ किलोमिटर भित्र उक्त सामान पर्सा प्रहरीले बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार मंगलबार दिउसै ३ बजेतिर प्रहरी टोली पुग्नासाथ पोके तस्करहरु कपडा छाडेर भागेका थिए । प्रहरीले २ हजार ३० पीस होलीको टप्स, २ सय ६४ पीस टप्स र २ सय ३० पिस कुर्ता सुरवाल बरामद गरेको थापाले बताए ।

 पर्सा र बाराका दुई स्थानबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा कपडा र किराना सामान बरामद गरेको छ । भारतबाट राजस्व छलेर भित्रयाइएको कपडा र किराना सामान गरी १४ लाख बढी मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । नेपाल प्रहरीका  महानिरीक्षक दानबहादुर कार्कीको बुधबार बिरगन्ज भ्रमणको ठिक एक दिन अगाडि पर्सा प्रहरीले तस्करी नियन्त्रण सक्रिय रहेको कुरालाई देखाउन गरिएको कार्यवाहिको रुपमा पनि लिन सकिन्छ ।

यसै गरि बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ५ कटुवा वीर्ताटोलास्थित एक गोठमा लुकाएर भण्डारण गरि राखिएको १७ पोका कपडा सशस्त्र प्रहरीले बुधबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको १३ नम्बर  गणका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौंलाका अनुसार ठुलो मात्रामा कपडा बरामद गरिएको हो ।  वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको भन्सार कर्मचारी सहितको टोलीले बरामद गरेको उक्त कपडाको बजार मूल्य ११ लाख ७५ हजार रुपैयाँ रहेको निरौलाले बताए ।

बाराका सशस्त्र प्रहरी र जनपथका प्रमुखहरुले तस्करीको लाइन खुलाएको सुचना पछि बीरगन्जभंसारको सक्रियतामा ठुलोमात्रामा कपडा बरामद गरिएको बताइन्छ । यसैगरि शनिबार नै पर्साको जिराभवानी गााएपालिका वडा नम्बर १ बलुवास्थित नेपाल–भारत सीमा नजिजक रहेका घरहरुमा भण्डारण गरि राखिएको २ लाख ३५ हजार ५०० रुपैयाँको किराना सामानपनि बरामद गरिएको निरौलाले जानकारी दिए ।

बरामद कपडा र किराना सामान आवश्यक कारबाहीका लागि शनिबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । सरकारले एक सय भन्दा बढीको समान जनताले  भारतबाट किनेर ल्याउदा भन्सार तिरेर ल्याउन पुरानो कानुनलाई लागु गरेको छ ।जसले गर्दा सिमावर्ती  जनताको जिवन यापनमा ठुलो कठिनाइ उत्पन्न भएको छ । तर सिमाबाट दिउसै तस्करीले करोडौको समान सजिलै भित्र्याउन सक्रिय छन ।

यता भारतको रक्सौलबाट वीरगञ्ज ल्याइएका अधिकांश लागूऔषध वीरगञ्ज भन्सार वा आइसीपी कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ ।  केहि समय देखि नेपाल भारत बीच बढेको अबैध कारोबारले गर्दा हुन्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ ।भारतले सुनको भन्सार दर बढाएसंगै नेपालका पुराना सुन तस्करहरु सक्रिय हुन थालेको बताइन्छ ।

नेपाल भारतबीचको सबै सीमा नाकामासँगै खटिएका जनपथ र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच गर्दै आएपनि करोडौँका समानहरू वीरगञ्ज आसपास क्षेत्रको गोदामबाट जनपथ र शस्त्रप्रहरीलेनै छापा मारेर पक्राउ गर्दै आएको परम्परा बालेन सरकारमा पनि जारी छ ।

 यति मात्र होइन, नेपाल भारत दुबै तर्फका सुरक्षा निकायलेका लागि लागूऔषधको कारोबार नियन्त्रण सधैँको चुनौतीको विषय रहेको छ । तर जिल्ला भित्र पक्राउ हुने सबै हुन्डीको रकम तथा लागुपर्दाथ त्यही सिमानाका भएर आइगएकोे हुन्छ ।

केहि दिन अगाडि मात्र पर्साको भुलवाही खोलाको झाडीमा लुकाएर राखिएको ठूलो परिमाणको लागू औषाध चरेस प्रहरीले बरामद गरेको छ । जीराभवानी गाँउपालिका वडा नम्बर ५ स्थित भलुवाही खोलाको झाडीमा लुकाएर राखिएको करिब १२ केजी चरेस प्रहरीले बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा एउटा बोरा खानतलासी गर्दा उक्त बोराबाट २४ वटा प्याकेटमा रहेको ११ किलो ९५० ग्राम चरेस बरामद गरेको हो ।

यति ठुलोमात्राको चरेस खोलाको झाडीबाट प्रहरीले बरामद गरेपनि कारोवारी ठम्याउन सकेको छैन ।ठुलोमात्रामामा लागु पदार्थ प्रहरीले बरामद गरेपनि कारोवारीलाई कानुनि दायरा ल्याउन प्रहरीको अनुशन्धान फितलो रहदै आएको छ । रौतहटमा भारतबाट तस्करी गरी ल्याइएका कुखुरा र अण्डाले किसानदेखि व्यवसायीलाई मार परेको भन्दै बिहिबारबाट आन्दोलन सुरु भएको छ ।
‘किसानलाई सास्ती, तस्करलाई मस्ती’ भन्ने नारासहित रौतहटको सदरमुकाम गौरमा जिल्ला कुखुरा व्यवसायी किसान संघका अध्यक्ष, उपाध्यक्ष, सचिव सहित पदाधिकारी तथा स्थानीय किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले हात हातमा कुखुरा बोकेर बजार क्षेत्र परिक्रमा गर्दै तस्करीविरुद्ध नाराबाजी गरेका थिए । भन्सार कार्यालय गौर र सुरक्षाकर्मी संघको साँठगाँठमा केही व्यापारी तथा तस्करहरूले भारतबाट सस्तो मूल्यमा कुखुरा, अण्डा,चल्ला र दाना तथा सम्बन्धित सामग्री ल्याई आफ्नै खोरमा राख्ने, त्यसपछि नेपाली उत्पादनको रूपमा बिल काटेर बजारमा बिक्री गर्ने गरेको आरोप उनिहरुले लगाएका छन् ।

रौतहट प्रशासन समक्ष पटक पटक आफ्ना समस्या राख्दा कुनै सुनुवाही न भएको किसानको आरोप छ । खासमा मुलुकमा प्रजातन्त्र आएको साढेतीन दशक भएको छ । प्रजातन्त्रमा जनताको मौलिक अधिकार सर्वोपरी हुन्छ, कानुनी राजमा दश अपराधी छुटे पनि एक निर्दोष नफसोस् भन्ने हुन्छ । तर नेपाली सुरक्षातन्त्रको कामकार्यवाही पुरानै पञ्चायती पारामा चलेको देखिन्छ । नेपाल भारत सिमामा शसस्त्र प्रहरी र पछाडी जनपथ प्रहरी खटिएका हुन्छ । नाकाबाट नेपाल आउने हरेक सर्वसाधारणलाई सुरक्षाकर्मीको भाषामा चेकजाँच अर्थात परीक्षण भएकै हुन्छ । 

शसस्त्र प्रहरीले परीक्षण गरिरहदा केहि पर पछाडि उभिएका जनपथ प्रहरी हरिरहेका हुन्छन, सामुने आएपछि पुन परीक्षण गर्ने उनीहरूको जिम्मेवारी पनि हुन्छ । तर तराई हरेक जिल्लाको भित्री बजार वा शहर तथा गोदामहरूबाट करोडौको तस्करीको समान पक्राउ हुने गरको छ ।समय समयमा तस्कर र सुरक्षा निकायबिच लाखौ लेनदेनका टेलिफोन सम्वाद सार्वजनिह हुनु साधारण कुरा भएको छ । नेपाल भारत सिमानाकाबाट नुन देखि सुनसम्मको तस्करी हुने गरेको छ। करोडौका समान गोदामबाट बरामद भएपनि  सिमानाकाबाट भित्रिने प्रहरीलाई खासै कार्यवाही भएको देखिदैन ।

वीरगञ्ज मुलुककै मूल प्रवेशद्वार  हो ।  आर्थिक राजधानीका रुपमा चिनिएको यो सहरले राज्यद्वारा असुल हुने करको सबै भन्दा हिस्सा बेहोर्दै आएको छ ।यो आर्थिक महानगरमा रहेका सीमा–नाका अर्थात आईसीपी र सुख्खा बन्दरगाहका भन्सार मार्फत देशलाई राजस्वको सर्वाधिक ठूलो हिस्सा अर्थात् ४३ प्रतिशत राजस्व असुल हुने गरेको छ । अनि राजधानी काठमाडौं लैजाने ७५ प्रतिशत सामग्री यही सहर हुँदै पठाइन्छ ।  सरकारले पाउने कूल औद्योगिक कर मध्ये वीरगञ्ज क्षेत्रमा रहेका उद्योगबाट ४० प्रतिशत राजस्व संकलन हुन्छ ।  यसर्थमा वीरगञ्ज सिंगै देशको ‘लाइफ लाइन’पनि हो ।

तर सीमा नाकामा सबै भन्दा बढी सास्ती यहिको जनतालाई भोगनु परेको छ । भारतको रक्सौलबाट घरायसी समानहरू खरिद गरेर ल्याउदा आधा दर्जनभन्दा बढिको  चेकचाँजबाट गुज्रिनु पर्ने बाध्यता  छ । पुरानो भन्सार क्षेत्रको आधा किलो मिटरमा, आधा दर्जन भन्दा बढी चेकजाँच हुने गरेका छन ।प्रचन्ड गर्मिमा मुलभंसारको जामले तराईका जनताको मनोबिज्ञानलाई द्रोहिबनाउन मलजल गरेको हुन्छ ।

यतिकडा चेकजाँच हुदा पनि यसैनाकाबाट नुन देखि सुनसम्मको खुलेआम तस्करी हुन्छ ।  तर यस्तो अजबको परीक्षण र गजबको तस्करी मुलुककै मुख्य प्रवेशद्वार वीरगञ्ज भन्सार नाकामा हुने गरेको सत्यलाई नकार्न सकिदैन । भारतको रक्सौलबाट प्रवेश गर्दा, नेपाल–भारत मितेरी पुल कट्ने बितिकै सुरु हन्छ सशस्त्र प्रहरीको चेकजाँच ।  त्यसपछि शंकराचार्यद्वार नजिकै इनर्वा प्रहरी चौकीको चेकजाँच कटेपछि भन्सार कार्यालयका जाँचकीको चेकजाँच ।  अनि सँगै पछाडि रहेको पुन सशस्त्र प्रहरीको चेकजाँच र केहिँ मिटरमै फेरि रजत जयन्ती चोक नजिकै जनपथ प्रहरीको चेकजाँच हुने गरेको छ ।यसका साथै जनपथ र सशस्त्र दुबै निकायको घुमुवाको तरगंबाट यो नाका तरगीत रहदै आएको छ ।

मुलुककै प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालय भएर आउने जो कोही नव आगन्तुलाई नेपाल प्रवेश गर्न यतिको कडा चेकजाँच भएर कटिनु पर्दछ ।  नेपाल भारतको यो सिमानाकामा आपातकालकै अवस्था जस्तै परीक्षण कटेर प्रत्येक भारतीय पर्यटकलाई गुज्रिनु पर्ने बाध्यता नै छ । तर सम्बन्धित निकाय वा नवअवतारित बालेन सरकारको खासै ध्यान पुग्न सकेको छैन ।

यति कडा चेकजाँच हुदा पनि नुन देखि सुन र लागु पदार्थ देखि हथियारसम्म, सबै थोक यो नाकाबाट सहजै आउजाउ भइरहेको हुन्छ कसरी ?  तस्करी र अपराध नियन्त्रण भन्दा पनि यो भन्सार क्षेत्रमा हुने गरेको चेकजाँच सम्बन्धित सबै निकायको, सबै कारोबारबारे जानकारी र भागीदारी मुख्य उदेश्य भएको  स्थानियको आरोप छ ।  यो भन्सार कार्यालय क्षेत्र र मुलुककै प्रवेशद्वारमा जति परीक्षण त्यति आम्दानीको आरोपलाई नकार्न सकिदैन।  सशस्त्र र जनपथ प्रहरी होस वा भन्सारको जांचकी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  असुली गरिरहेको यहाको ‘कटुसत्य’ पनि हो ।

आर्थिक सम्भावना बोक्ने मुख्य सहरहरू खोजी गर्नुप¥यो भने मानिसहरू सुरुको लहरमै वीरगञ्जलाई सम्झन्छन् ।  वीरगञ्जको वैभव र समृद्धिको आकांक्षा पुनर्जागृत हुने कुरा चुनावको वेला दल तथा उम्मेदवारहरूको भाषणमा मात्रै सीमित देखिएको छ । सुरक्षा वा तस्करी नियन्त्रणको बाहानामा सिमावर्ती आर्थिक महानगरी वीरगञ्ज र आसपासका सर्वसाधारणलाई जति शोषण गरेपनि यहाँका जनप्रतिनिधिहरूको घैटोमा घाम लाग्ने गरेको छैन ।

प्रतिक्रिया