शीर्षकहरू

नेपालमा प्यूजो मोटोसाइकल्सको प्रवेश

काठमाडौं । अग्नी मोटोइंकलले नेपाली बजारमा १२५ वर्षको इतिहास भएको  विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल प्यूजो ल्याएको छ ।  मंगलवार एक विशेष कार्यक्रमका बीच उक्त फ्रेन्च मोटोसाइकल प्यूजी सार्वजनिक गरिएको हो । 

उक्त कार्यक्रममा संचारकर्मिसँग कुरा गर्दै नेपाल अग्नि मोटोइक अग्नी ग्रुपको सहायक कम्पनीले स्थानीय नयाँ युगको शुरुआत गर्दै नेपाली ग्राहकहरुलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने प्युजो नेपाली बजारमा उपलब्ध हुने अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले बताए । 

उनले भने, ‘प्यूजÞो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो यी स्कूटर केवल साधन मात्र नभई एक जीवनशैली हुन हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कूटर ल्याउन पाउँदा खुशी छौं ।’ 

 प्यूजÞो मोटसाइकल्सको नेपालमा प्रवेशले दुई पाङग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको उनले बताए । सुरुमा, काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी असाधारण अल्ट्रा–प्रिमियम स्कुटरहरूको स्वामित्व र मजा लिन सक्ने उनको भनाइ छ । 

१५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख बत्तीस हजार रुपैँयामा उपलब्ध हुनेछ । खैरो÷कालो र नीलो÷पहेलो गरी दुई रङहरूमा उपलब्ध छ । 

यस्तै, १२५ सीसी मोटोसाइकल भने नेपाली बजारमा पाँच लाख एकहत्तर हजारमा उपलब्ध हुनेछ । नीलो/ सेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार रंगमा उपलब्ध छ । 
 

प्रतिक्रिया