शीर्षकहरू

नेपाली बजारमा सार्वजनिक भयो ‘अल न्यू किया के३ सेल्टोस’

नयाँ डिजाइन, उन्नत सुरक्षा प्रविधि र प्रिमियम फिचरसहितको एसयूभी नेपाली ग्राहकका लागि उपलब्ध

नेपाली बजारमा सार्वजनिक भयो ‘अल न्यू किया के३ सेल्टोस’

काठमाडौं । किया नेपालले ‘अल न्यू किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहमार्फत नयाँ एसयूभी सार्वजनिक गरेको हो।

तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ।

कियाको नयाँ के–प्लेटफर्ममा आधारित अल न्यू किया सेल्टोसमा ठूलो तथा बलियो बडी संरचना रहेको छ, जसले थप फराकिलो क्याबिन, उच्चस्तरीय आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। भारतस्थित कियाको अत्याधुनिक प्लान्टमा उत्पादन हुने यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ।

नयाँ एसयूभीमा लेभल–२ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), २१ वटा स्ट्यान्डर्ड सुरक्षा फिचर, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले तथा प्यानोरामिक सनरुफजस्ता विशेषता समावेश गरिएको छ। यी सुविधाले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा सुविधा सम्पन्न एसयूभीमध्ये एक बनाएको कम्पनीको भनाइ छ।

अल न्यू किया सेल्टोसले भारतको बीएनक्याप (भारत न्यू कार एसेसमेन्ट प्रोग्राम) परीक्षणमा ८१ मध्ये ७६.४ अंक प्राप्त गर्दै पाँच तारे सुरक्षा रेटिङ हासिल गरेको छ। यो स्कोर आफ्नो वर्गकै उत्कृष्टमध्ये एक रहेको कम्पनीले जनाएको छ।

सार्वजनिक कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्चस्तरीय सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता नयाँ सेल्टोसमार्फत झल्किएको बताइन्। उनले यो मोडलले एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन्।

कम्पनीले नयाँ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने योजना बनाएको छ। यसले ग्राहकलाई मूल्य र सुविधाअनुसार विभिन्न विकल्प छनोट गर्ने अवसर दिने कम्पनीको भनाइ छ। नयाँ एसयूभी देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ।

मूल्य सूची :

एचटीके (एमटी) : ६८ लाख ९० हजार रुपैयाँ
एचटीके (आईभीटी) : ७५ लाख ९० हजार रुपैयाँ
एचटीएक्स (आईभीटी) : ८५ लाख ९० हजार रुपैयाँ
एक्स–लाइन (७डीसीटी) : ९५ लाख ९० हजार रुपैयाँ

किया नेपालबारे

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिद्वारा सञ्चालित किया नेपाल विगत ३५ वर्षभन्दा बढी समयदेखि नेपालका लागि किया गाडीको आधिकारिक वितरक रहँदै आएको छ। नवप्रवर्तन, विश्वसनीयता, सुरक्षा र कार्यक्षमताका माध्यमबाट नेपाली ग्राहकको विश्वास जित्दै आएको कम्पनीले जनाएको छ।

null

प्रतिक्रिया