शीर्षकहरू

नापी कार्यालयका सेवासम्बन्धी भुक्तानी अब ‘मेरो कित्ता’ प्रणालीमार्फत गर्नुपर्ने

दातृ निकाय सहयोगअन्तर्गतका कार्यक्रमका लागि अन्तरबैंक सापटी मान्य नहुने

नापी कार्यालयका सेवासम्बन्धी भुक्तानी अब ‘मेरो कित्ता’ प्रणालीमार्फत गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक तथा लघुवित्त संस्थाहरुलाई स्थानीय तह तथा सरकारी कार्यालयबाट प्राप्त हुने सेवासम्बन्धी भुक्तानी ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्र गर्न निर्देशन दिएको छ ।

बैंकहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

निर्देशनमा इजाजतप्राप्त संस्थाहरूले नापी कार्यालयबाट प्राप्त हुने सेवाहरू जस्तै जग्गाको नक्सा, फिल्डबुक र प्लट/रजिस्टर प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजस्व अनलाइनमार्फत भुक्तानी गर्नका लागि ‘मेरो कित्ता’ प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणालीमार्फत मात्र कार्य गर्नुपर्ने उल्लेख छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको निर्देशनमा पूर्वाधार विकास बैंकहरूका साथै “घ” वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई पनि स्थानीय तह तथा सरकारी कार्यालयबाट प्राप्त हुने सेवा जस्तै जग्गा नक्सा, फिल्डबुक र प्लट रजिस्टर प्रिन्ट सम्बन्धी भुक्तानी अब ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले यस व्यवस्थाले वित्तीय कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै पारदर्शिता तथा सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरेको छ।

प्रतिक्रिया