शीर्षकहरू

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य ब्याजदरमा ईएमआई सुविधा सुरु

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य ब्याजदरमा ईएमआई सुविधा सुरु

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई लक्षित गर्दै शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। दुवै संस्थाबीच भएको द्विपक्षीय सम्झौतासँगै भाटभटेनीका सबै स्टोरमा डिजिटल भुक्तानीलाई थप सहज र आकर्षक बनाउने उद्देश्यसहित नयाँ सेवा सुरु गरिएको हो।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा तत्काल किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले जनाएको छ। ग्राहकले आफ्नो सहजताअनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ता अवधि छनोट गरी भुक्तानी गर्न सक्नेछन्। यस योजनामा कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

यो सुविधाले विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई एकैपटक ठूलो आर्थिक भार नपर्ने गरी योजनाबद्ध भुक्तानी गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

यस सहकार्य अन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बीबीएसएम क्लब कार्ड जारी गरिनेछ। सो कार्डमार्फत ग्राहकले १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा प्राप्त गर्न सक्नेछन्। प्रारम्भिक चरणमा यो कार्ड भाटभटेनी तथा यसको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

दुवै संस्थाका अनुसार भविष्यमा यस कार्डमार्फत थप सहज भुक्तानी सेवा, विशेष अफर, छुट तथा ग्राहक लक्षित योजनाहरू उपलब्ध गराइनेछ। डिजिटल भुक्तानी प्रवर्द्धन, आधुनिक बैंकिङ सेवा विस्तार र ग्राहक लाभ वृद्धि गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो।

यस योजनामा आईएमएस सफ्टवेयर प्रा.लि.ले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ।

ग्लोबल आइएमई बैंकले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर’, ‘बेस्ट बैंक नेपाल’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ लगायतका प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

बैंक मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखा रहित बैंकिङ इकाइ, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया