काठमाडौं । कुमारी बैंक रबी एन्ड बी अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले बी एन्ड बी अस्पतालबाट प्राप्त गर्ने विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। छुट सुविधा अन्तरङ्ग (इनपेसेन्ट) तथा बहिरङ्ग (आउटपेसेन्ट) सेवा, आकस्मिक उपचार सेवा र औषधि खरिदमा लागू हुने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त सहकार्य गरिएको हो। पछिल्ला वर्षहरूमा बैंकले देश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालसँग यस्तै प्रकारका सहकार्य गर्दै आएको जनाएको छ।
कुमारी बैंकले हाल देशभर ३०० भन्दा बढी शाखा सञ्जाल, एटीएम, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको एक महत्वपूर्ण पक्षका रूपमा लिँदै स्वास्थ्य सेवा क्षेत्रमा सहकार्य विस्तार गरिरहेको जनाएको छ।
बैंकका अनुसार बदलिँदो समय र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा थप सेवा तथा सुविधाहरू विस्तार गर्ने योजना रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया