काठमाडौं । एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ । नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
सेमिफाइनलमा खेलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्यको नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएका थिए । यस्तै ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए । ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन बनाएका थिए ।
आर्थिकन्यूज
प्रतिक्रिया