शीर्षकहरू

सुनको भाउ घट्दा चाँदीको बढ्यो

सुनको भाउ घट्दा चाँदीको बढ्यो

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ९०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य ३ लाख ८०० रुपैयाँ रहेकोमा आज सोमबार २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । 

यता तोलाको १० रूपैयाँले बढेर चाँदीको मूल्य ४ हजार ९०५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया